नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले देशमा वर्तमान अवस्थामा सुशासनयुक्त विकास र सामाजिक न्यायको आवश्यकता भएको बताएका छन्। उनले नेकपा (एमाले) काभ्रेपलाञ्चोकको १०औँ जिल्ला अधिवेशनलाई शुक्रबार धुलिखेलमा सम्बोधन गर्दै सरकारले राज्यका प्रमुख तीन अङ्गलाई कमजोर पारिरहेको बताए। “देशमा सुशासनयुक्त विकास र सामाजिक न्यायको आवश्यकता भइसक्यो, सरकारले कमजोर पारेको महत्वपूर्ण तीन प्रमुख अङ्गलाई पुनः जनादेशमार्फत…