नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले जनताले ओलीको सासनबाट मुक्ति पाएको भन्दै अबको अवस्थालाई बचाएर लैजान पार्टीको जिम्मा आफूले लिएको बताएका छन्। १४औं महाधिवेशन उद्घाटन सत्रमा बोल्दै उनले ओलीबाट बचाएर देशलाई अघि ल्याएको भन्दै अब आफू पार्टीलाई बचाउन तयार रहेको बताए। उनले निकट भविष्यमा हुन लागेका तीनवटै तहको निर्वाचनमा विजयी बन्न पनि कांग्रेस मिलेर जानुपर्ने बताए। …