प्रधानन्यायाधीशले तोके १० इजलासमा १८६ मुद्दाको पेसी, बारको धर्ना जारी

प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराको राजीनामा माग्दै नेपाल बार एसोसिएसनले बुधबार पनि धर्ना कार्यक्रमलाई जारी राखेको छ।  बारको धर्ना भइरहँदा प्रधानन्यायाधीश जबराले बुधबारका लागि १० इजलास गठन गरेका छन्। १० इजलासमा १८६ मुद्दाको पेसी चढाइएको छ।  जबराको राजीनामालाई बटम लाइन बनाएर बार र सर्वाेच्च अदालतकै न्यायाधीशहरूले इजलास बहिस्कार गरिरहेका छन्। संवाद र वार्ताबाट समाधान खोज्न जबराले…

Logo