एमालेले १०औँ राष्ट्रिय महाधिवेशनको व्यवस्थापनका लागि तयारी तीव्र पारेको छ। महाधिवेशनको उद्घाटन सत्र हुने नारायणी नदी किनारमा बुधबारदेखि मञ्च निर्माणको काम सुरु हुँदैछ। काठमाडौँबाट आएको प्राविधिक टिमले नै मञ्च निर्माणको काम गर्नेछ। १०-१२ मंसिरसम्म चितवनमा हुने महाधिवेशनको उद्घाटन सत्र नारायणी नदी किनारमा हुनेछ। उद्घाटन सत्रमा पाँच लाख कार्यकर्ता उतार्ने एमालेको तयारी छ। बन्द सत्र भने…