राष्ट्रपतिले दल विभाजन सम्बन्धी अध्यादेश प्रमाणिकरण गरेसँगै नेकपा एमाले विधिवतरुपमा फुटेको छ। माधव नेपाल समूहले निर्वाचन आयोगमा नयाँ पार्टी दर्ता प्रक्रिया सुरू गरेको उक्त समूहका नेता मेटमणि चौधरीले बताए। चौधरीका अनुसार नयाँ पार्टीको नाम नेकपा एमाले समाजवादी राखिएको छ। माधव नेपाल एकल अध्यक्ष रहने गरी ४७ केन्द्रीय कमिटी सदस्य र २४ सांसदको हस्ताक्षरसहित निर्वाचन आयोगमा…