काठमाडौँ, ३१ असोज ।राष्ट्रिय प्रजातन्त्र पार्टीका संस्थापक सदस्य एवं पूर्वमन्त्री रामकृष्ण आचार्यको आज बिहान निधन भएको छ ।लामो समयदेखि फोक्सोको अर्बुदको उपचार गराइरहेका ८० वर्षीय आचार्यको आफ्नै निवास महाराजगञ्ज, कपनमार्गमा निधन भएको हो ।रसुवा जिल्लाबाट जनप्रतिनिधिका रुपमा उनले लामो समयसम्म मुलुकमा राजनीति गरेका थिए । उनले स्थानीय विकास र विज्ञान तथा प्रविधि मन्त्रालयको कार्यभार पनि…