साझालाई करोडौं अनुदान र ऋण दिएकामा लेखा समितिको आपत्ति

काठमाडौँ, २० साउन । सांसदहरुले ११ वर्षदेखि लेखापरीक्षण नगराएको साझा प्रकाशनलाई रु १० करोड अनुदान र रु २० करोड ऋण दिएकामा आपत्ति जनाउनुभएको छ । विभिन्न पत्रपत्रिकामा अनियमितताको समाचार सार्वजनिक भएपछि आज बसेको व्यवस्थापिका–संसद्को सार्वजनिक लेखा समितिको बैठकमा सांसदहरुले विसं २०६३ देखि लेखापरीक्षण नगरेकाले छानबिन गर्न माग गर्नुभएको हो । सांसद रामहरि खतिवडाले नेताहरुको सिफारिसमा प्रकाशनमा…

Logo