मन्त्रिपरिषद् विस्तार आइतबार, कुन मन्त्रालयमा कसको दाबी ?

मधुसुधन, वीरेन्द्र । २९ असार, काठमाडौं ।प्रधानमन्त्री शेरबहादुर देउवाले आउँदो आइतबार मन्त्रिमण्डल विस्तार गर्ने तयारी गरेका छन् । शनिबारसम्म मन्त्रीको टुंगो लगाउने र आइतबार विस्तार गर्ने सहमति सत्तासाझेदार कांग्रेस र माओवादी केन्द्रबीच भएको छ ।‘माओवादी अध्यक्ष प्रचण्ड शुक्रबार नेपाल फर्केपछि शनिबार दुई दलबीच मन्त्रालय बाँडफाँड टुंग्याएर आइतबार मन्त्रिपरिषद् विस्तार गर्ने तयारीमा प्रधानमन्त्री हुनुहुन्छ,’ प्रधानमन्त्रीका स्वकीय…

Logo