काठमाडौं । नेकपा एमालेका नवनिर्वाचित अध्यक्ष केपी शर्मा ओलीले अनुशासनमा बस्न र सामाजिक अनुशासन कायम गर्न पार्टीका नेताहरुलाई निर्देशन दिएका छन् । शुक्रबार बबरमहलस्थित कार्की ब्यांक्वेटमा बसेको ११ औं महाधिवेशनबाट निर्वाचित केन्द्रीय सदस्यहरूको पहिलो बैठकलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले सार्वजनिक सञ्चारमाध्यममा पार्टीमाथि आँच पुग्ने कुरा नबोल्न निर्देशन दिएका हुन् । साथै लिडरशीप प्रति अनास्था जगाउनका…