काठमाडौं । गृहमन्त्री ओमप्रकाश अर्यालले सङ्घ र प्रदेश सरकारबीचको सहकार्यलाई थप मजबुद बनाइने बताएका छन् । गृह मन्त्रालयमा आज मधेस प्रदेशका गृह, कानुन तथा सञ्चारमन्त्री बिमला अन्सारीसँग भएको भेटमा उनले मधेस प्रदेशको सुरक्षा सुदृढ गर्न केन्द्र सरकार पूर्ण प्रतिबद्ध रहेको बताएका हुन् । भेटमा गृहमन्त्री अर्यालले प्रदेशको सुरक्षा व्यवस्थापनमा सहजता ल्याउन प्रहरी समायोजन ऐन कार्यान्वयनको…