काठमाडौं । नेपाल प्रहरीका महानिरीक्षक (आईजीपी) चन्द्रकुवेर खापुङले जेनजी आन्दोलनका नाममा भएका आपराधिक गतिविधिमा संलग्न व्यक्तिहरूलाई कानुनी दायरामा ल्याइने बताएका छन्। आज काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै उनले आन्दोलनको आवरणमा आपराधिक क्रियाकलाप गर्नेहरूको पहिचान भइसकेको बताउँदै, समाजलाई धमिल्याउने यस्ता गतिविधि सह्य नहुने स्पष्ट पारे । उनले भने, ‘जेनजी आन्दोलनको बहानामा समाजलाई धमिल्याउन खोज्ने आपराधिक प्रवृत्तिहरू…