काठमाडौँ । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले राजनीतिक र संबैधानिक निकासका लागि निर्धारित मितिमा निर्वाचन हुनु आवश्यक रहेको बताएका छन्। ‘जेनजी’ प्रदर्शनका क्रममा गत भदौ २३ र २४ गते तोडफोड तथा आगजनीबाट क्षतिग्रस्त नेपाली कांग्रेस मकवानपुरको पार्टी कार्यालय अवलोकनपश्चात् आज सञ्चारकर्मीसँग कुरा गर्दै उनले मुलुकलाई संवैधानिक र राजनीतिक निकासका लागि फागुन २१ मै निर्वाचन हुनुपर्ने…