नवलपरासी । गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले जनसहभागिताविनाका कुनै पनि योजना सफल हुन नसक्ने बताएका छन् । नवलपरासी (बर्दघाट सुस्तापूर्व) को मध्यबिन्दु नगरपालिका–११ मा सरसफाइ प्रवर्द्धन तथा जैविक मल उत्पादन केन्द्रको आज उद्घाटन गर्दै मुख्यमन्त्री पाण्डेले सरकारको मात्र लगानीले योजना सफल नहुने बताए । “आम जनताको सहभागिताविना कुनै पनि मुलुक सफल हुन सक्दैन, त्यसैले जनचासो…