सङ्खुवासभा । सङ्खुवासभाको भोटखोला गाउँपालिकास्थित च्याम्ताङ–घोङ्गप्पा सडक निर्माण सम्पन्न भएको छ । राष्ट्रिय गौरवको सो सडक नेपाली सेनाले निर्माण गरेको हो । भौगोलिक रूपमा विकट मानिएको उत्तर दक्षिण कोशी राजमार्गअन्तर्गत खाँदबारी–किमाथाङ्काको साढे १० किलोमिटर सडक आयोजनाको ट्रयाक र स्तरोन्नति गरिएको हो । खाँदबारी–किमाथाङ्का सडकखण्डअन्तर्गत पर्ने उक्त सडक सोमबार एक कार्यक्रमबीच उत्तर–दक्षिण (कोशी) सडक योजनालाई हस्तान्तरण…