जनकपुरधाम । मधेश प्रदेश सरकारका मुख्यमन्त्री कार्यालय अगाडि धर्ना बसेको तीस घण्टापछि अनसनकारीको समर्थनमा विभिन्न संघ संस्था तथा पेसागत संगठनहरूले ऐक्यबद्धता जनाएका छन् । विभिन्न सामाजिक संस्था तथा नागरिक समाजका संगठनहरूले प्रेस विज्ञप्ति जारी गर्दै ऐक्यबद्धता जनाएका हुन् । सिरहा जिल्ला अदालत बार एशोसिएसनका अध्यक्ष मनदकुमार साहको अगुवाइमा अधिवक्ताहरूको टोलीले जिल्ला प्रशासन कार्यालय सिरहामार्फत मधेश…