काठमाडौँ । कञ्चनपुरको भीमदत्त नगरपालिका–९ खल्ला मसेट्टी क्षेत्रका गर्भवती नजिकमा प्रसूति सेवासहितको स्वास्थ्य संस्था नहुँदा घरमा नै सुत्केरी हुन बाध्य छन् । बस्तीबाट आठ किलोमिटर टाढा ब्रह्मदेवमा ‘बर्थिङ सेन्टर’ रहेको भए पनि जोखिमपूर्ण कच्ची बाटो पार गरेर जानुपर्ने भएकाले सेवा पाउन मुस्किल पर्छ । बर्थिङ सेन्टर पुग्न दुई घण्टाको पैदल जानुपर्ने भएकाले घरमै सुत्केरी हुनुको…