काठमाडौं । जुम्लामा धुवाँमा निसास्सिएर १२ दिनकी सुत्केरीसँगै दुई जनाको मृत्यु भएको छ । आइतबार राति सुत्केरीलाई न्यानो पार्न बालिएको आगोको धुवाँमा निसास्सिएर चन्दननाथ नगरपालिका– ५ कालेखोलीकी २२ वर्षीया मायालक्ष्मी रोकायासँगै १९ वर्षीया जुनमाया रोकायाको मृत्यु भएको हो । जुनमाया मायालक्ष्मीकी बहिनी हुन् । उनी सुत्केरी दिदीको स्याहारका लागि आएकी थिइन् । आगोको धुवाँमा निसासिएर…