काठमाडौं । अफलाइन राइडिङ गर्ने क्रममा दुर्घटना भएपछि भागेका तीन जना मोटरसाइकल चालक पक्राउ परेका छन् । असार १५ गते काठमाडौं महानगरपालिका–१ जमल कान्तिपथस्थित होटल यल्लो प्यागोडा अगाडि सडकमा दुर्घटना हुँदा एक जनाको मृत्यु भएको थियो । उक्त दुर्घटनापछि भागेका राइडरहरूलाई प्रहरीले पक्राउ गरेको हो । पक्राउ पर्नेमा जुम्ला घर भई तार्केश्वर बस्ने २२ वर्षीय…