राँझा(बाँके)। डिभिजन वन कार्यालय बाँकेले राप्ती सोनारी–९ मा वनक्षेत्रको अतिक्रमण हटाएर उच्च प्रविधिको नर्सरी निर्माण गरेको छ। राप्ती सोनारी–९ ढकेरीमा विगतमा रेञ्जपोष्ट रहेको करिब एक हेक्टर क्षेत्र अतिक्रमण गरी निर्माण भएका सात घरटहरा हटाएर नर्सरी निर्माण गरिएको हो। नर्सरीमा उच्च गुणस्तरीय बिरुवा उत्पादन गरिने शम्शेरगञ्ज सबडिभिजन वन कार्यालयका प्रमुख वरिष्ठ वन अधिकृत सुशील सुवेदीले जानकारी…