म्यान्मारस्थित नेपाली राजदूतावासले २५६८औं बुद्ध जयन्तीको अवसरमा दूतावास प्राङ्गणमा भगवान् गौतम बुद्धको मूर्तीको प्राण प्रतिष्ठा कार्यक्रम सम्पन्न गरेको छ । साे अवसरमा यांगुनस्थित वनारसी नेपाली विहारका नौ जना भिक्षुहरुलाई आमन्त्रण गरिएको थियो । कार्यक्रममा म्यान्मारका लागि अन्य देशका राजदूत, यांगुनस्थित कुटनीतिक नियोगका पदाधिकारीहरु, संयुक्त राष्ट्र संघका पदाधिकारीहरु, नेपाल धार्मिक गोर्खा संघका अध्यक्ष, म्यान्मार पर्यटन संघका…