गोदावरी (कैलाली)। धनगढी उपहानगरपालिका–१३ राजपुरमा प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला भवन निर्माण अन्तिम चरणमा पुगेको छ। निर्माण कम्पनीले दुई वर्षभित्र भवन निर्माण सम्पन्न गर्नेगरी रु आठ करोड २१ लाख ४१ हजारमा २०७८ भदौ ५ मा ठेक्का सम्झौता गरेको थियो। सम्झौता अवधिमा भवन निर्माण सम्पन्न नगरेपछि उक्त कम्पनीसँग २०८१ वैशाख ३० गतेसम्मका लागि समयावधि थप भएको सहरी विकास…