विराटनगर । सशस्त्र प्रहरी बलका प्रहरी नायब उपरीक्षक (डीएसपी) मृत भेटिएका छन् । मोरङको धनपालथान गाउँपालिका–३ मा सशस्त्र प्रहरी बलका डीएसपी उपेन्द्र बस्याल मृत भेटिएको प्रहरीले जनाएको छ । मोरङ प्रहरीका प्रवक्ता प्रहरी नायब उपरीक्षक रञ्जनकुमार दाहालका अनुसार धनपालथान गाउँपालिका–३ सोराभागस्थित सशस्त्र प्रहरीको गुल्मका प्रमुख रहेका उनी कार्यालय परिसरमै रहेको निवासमा झुण्डिएको अवस्थामा फेला परेका…