काठमाडौँ। बानेश्वरस्थित संघीय संसद् भवन, सिंहदरबार र बालुवाटार स्थित प्रधानमन्त्री निवासस्थित फुटपाथको डोरी प्रहरीले हटाएको छ। सर्वसाधारणलाई पैदल हिँड्न समेत निषेध गरेर डोरी टाँगेकोबारे आलोचना भएको थियो। आलोचना पछि प्रहरीले डोरी हटाएको हो। पर्खालमा निषेधित क्षेत्र र प्रवेश निषेध लेखिएका फ्लेक्स, ब्यानर र पोस्टर टाँसिएका थिए। यसैगरी प्रधानमन्त्री निवास बालुवाटार र सिंहदरबार क्षेत्रमा पनि सर्वसाधारणलाई…