चितवन। भरतपुरको मुख्य सहरी क्षेत्र भएर बग्ने पुङ्गीखोला अतिक्रमणको चपेटामा परेको छ। भौतिक संरचना नै निर्माण गरेर खोला अतिक्रमण गर्ने क्रम बढेपछि भरतपुर महानगरपालिकाले सीमाङ्कन तथा संरक्षणको काम सुरु गरेको हो। महानगरपालिकाले पुङ्गीखोला सीमाङ्कन तथा संरक्षण समितिसमेत बनाएको छ। अहिले यो समितिले सिमाना छुट्याउने काम गरिरहेको छ। आधाभन्दा बढी नापजाँच गर्दा पुङ्गीखोलामाथि ५० भन्दा बढी…