प्रहरीले काठमाडौंमा नक्कली मदिरा बनाई बेचबिखन गर्ने नौ जनालाई पक्राउ गरी सार्वजनिक गरेको छ । प्रहरीको उपत्यका अपराध अनुसन्धान कार्यालयबाट खटिएको टोलीले काठमाडौंको कागेश्वरी नगरपालिका–५ थलीमा घर भाडा लिएर नक्कली मदिरा तयार गर्ने स्थानमा छापा मारेर नौ जनालाई नियन्त्रणमा लिएको हो । उपत्यकामा स्वदेशी तथा विदेशी ब्राण्डका गुणस्तरहीन मदिरा उत्पादन गरी कालोबजारी गरिरहेको भन्ने सूचनाको आधारमा…