देशका केही स्थानमा बुधबार आंशिक बदली रहँदा केही स्थानमा हिमपातको सम्भावना रहेको छ। जल तथा मौसम विज्ञान विभागअन्तर्गतको मौसम पूर्वानुमान महाशाखाका अनुसार बुधबार दिउँसो देशका पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहनेछ। देशका पहाडी भू-भागका एक-दुई स्थानमा हल्का वर्षाको सुभावना रहेको छ । कोसी, बागमती, गण्डकी र कर्णाली प्रदेशका उच्च पहाडी…