खैरहनी नगरपालिकाले विपन्न बस्तीमा गृहकार्य कक्षा सञ्चालन गर्ने भएको छ । बिहान र बेलुका गृहकार्य गराउन शिक्षक पठाउने गरी नगरपालिकाले काम गर्न लागेको हो। नगरपालिकाले कार्यविधि बनाएर गृहकार्य कक्षा सञ्चालनमा ल्याउन लागेको र यसका लागि नगरपालिकाले चालु आर्थिक वर्षमा रु. ४५ लाख बजेट विनियोजन गरिएको नगरप्रमुख शशीकुमार खनियाले बताए। उनका अनुसार कम्तीमा २० स्थानमा गृहकार्य…