चितवनमा भएका छुट्टाछुट्टै सवारीसाधन दुर्घटनामा एकको मृत्यु भएको छ भने अन्य तीनजना घाइते भएका छन्। बिहीबार साँझ खैरहनी नगरपालिका-१ बहेरा चोकस्थित पूर्वपश्चिम राजमार्गमा बसको ठक्करबाट स्कुटर चालकको मृत्यु भएको हो। पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको बा९६प ३६३४ नम्बरको स्कुटरलाई विपरीत दिशाबाट आउँदै गरेको बा ३ ख २३५४ नम्बरको बसले ठक्कर दिँदा स्कुटर चालक सिन्धुपाल्चोक सुनकोशी गाउँपालिका ५…