कैलालीमा अहिले गर्मी र बाढीको त्रास छ। वर्षा हुनेबित्तिकै यहाँ बाढी आउने त्रासले नागरिकलाई सताउँछ। गर्मी र बर्खाको समयमा सर्प, किरा फट्याङ्ग्राको डर रहेका बेला बिजुली नहुँदा नागरिकलाई कस्तो समस्या होला? सहजै अनुमान गर्न सकिन्छ। कैलालीको जानकी गाउँपालिका-६ जगतपुरमा १६ दिनदेखि बिजुली छैन। यही साउन १५ गते ट्रान्समिटर पड्किँदा जगतपुर गाउँका सयौँ परिवार बिजुलीबाट वञ्चित…