चोरी नियन्त्रण गर्न प्रहरीको थप फोर्स परिचालन

बढ्दो चोरी नियन्त्रणका लागि गोरखाको बारपाक सुलिकोट गाउँपालिका–४, सौरपानीमा स्थानीय युवासहित प्रहरीको थप फोर्स परिचालन भएको छ ।  दिनहुँजसो सौरपानी क्षेत्रमा चोरी डकैतीको शृङ्खलाबद्ध घटना बढ्दै गएपछि जिल्ला प्रशासन कार्यालय गोरखाले प्रहरीको थप फोर्स परिचालन गरेको बारपाक सुलिकोट गाउँपालिकाका अध्यक्ष विष्णुप्रसाद भट्टले जानकारी दिए । घटनाको अनुसन्धानका लागि जिल्ला प्रशासन कार्यालय गोरखाको विशेष सुरक्षा टोलीसमेत…

Logo