काठमाडौँको चन्द्रागिरि नगरपालिका-९ स्थित मच्छेगाउँमा आफैँलाई आगो लगाएकी महिलाको उपचारको क्रममा मृत्यु भएको छ । चन्द्रागिरि नगरपालिका-९, मच्छेगाउँमा डेरागरी बस्ने ३६ वर्षीया शान्ति श्रेष्ठको उपचारको क्रममा मृत्यु भएको हो । जिल्ला प्रहरी परिसर काठमाडौँका सूचना अधिकारी एसपी सीताराम रिजालका अनुसार उपचारको क्रममा उनको आज बिहान कीर्तिपुर बर्न अस्पतालमा मृत्यु भएको हो। प्यारालाइसिसले ग्रस्त श्रीमान मोहनकुमारको रेखदेख…