सरकारले मिटरब्याज पीडितका समस्या समाधान गर्न पाँचबुँदे सहमति गरेको तेस्रो दिन सोमबार काठमाडौँमा पीडितले कृषि औजारसहित प्रदर्शन गरेका छन् । सिराहाबाट हिँडेर काठमाडौँ आएको एउटा समूहले सरकारसँग वार्ता गरेको दुई दिनपछि मिटरब्याज पीडितकै अर्को समूहले काठमाडौँमा प्रदर्शन गरेको हो । साथै सरकारले आयोग गठन गरेर मिटरब्याजको समस्या समाधान गर्ने र पीडितलाई न्याय दिने बताएको छ…