झापामा स्कुटरको भाइजरभित्र लागूऔषध ब्राउन सुगर ल्याउने दुई जनालाई प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेमा स्कुटर चालक शिवसताक्षी नगरपालिका- १ निवासी २४ वर्षीय प्रजन्त राई र सोही स्कुटरको पछाडि सवार बाँके नेपालगन्ज उपमहानगरपालिका ६ घर भइ हाल बिर्तामोड नगरपालिका-१ मा डेरा गरी बस्ने २१ वर्षीय सोहन भडेल रहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएकाे छ ।…