नेपाल विद्युत् प्राधिकरणले तामाकोसी–काठमाडौं २२०/४०० केभी प्रसारण लाइन आयोजना अन्तर्गत नयाँ खिम्ती-बाह्रबिसे खण्ड निर्माण सम्पन्न गर्न ताकेता गरेको छ। चिलिमे जलविद्युत् कम्पनीको अगुवाइमा सिन्धुपाल्चोकमा निर्माणाधीन १०२ मेगावाटको मध्य भोटेकोसी जलविद्युत् आयोजनाको विद्युत् प्रसारण लाइन अभावमा जोड्न नसकी खेर जाने अवस्था आउन नदिन प्राधिकरणले नयाँ खिम्ती-बाह्रबिसे खण्ड निर्माणलाई उच्च प्राथमिकतामा राखेको छ। नयाँ खिम्तीमा ४०० केभी…