मोरङको कोशी अस्पतालमा ज्युँदो शिशुलाई मृत घोषणा गर्ने डाक्टरसहित तीन जना स्वास्थ्यकर्मीलाई निलम्बन गरिएको छ । अस्पतालको इमर्जेन्सीमा उपचाररत १८ दिनको शिशुलाई मृत घोषणा गर्ने मेडिकल अफिसर डाक्टर आकाश यादवसहित तीन जना स्वास्थ्यकर्मीलाई अस्पताल प्रशासनले निलम्बन गरेको हो । अस्पतालले बिहीबार छानबिन समिति गठन गर्दै प्रतिवेदन नआएसम्म उनीहरूलाई निलम्बन गरेको हो । डा. यादवसहित अहेव लक्ष्मण…