धौलागिरी क्षेत्रमा बेपत्ता सोलुका कार्कीको शव ३ महिनापछि फेला

धौलागिरी क्षेत्रमा बेपत्ता सोलुका कार्कीको शव ३ महिनापछि फेला

केन्द्रबिन्दु
0
Shares

धौलागिरी हिमालको खरपासमा खसेर बेपत्ता भएका २७ वर्षीय बाल कुमार कार्कीको शव तीन महिनापछि फेला परेको छ।

गत असोज २१ गते धौलागिरी हिमालको खरपासमा खसेर सोलुखुम्बुको थुलुङ दुधकोशी गाउँपालिका–२ काँगेल बोगलका कार्कीको शव मंगलबार फेला परेको हो । हिमपात भएको बेला बेपत्ता बनेका कार्कीको शव हिउँ पग्लदै गएपछि देखिएको मृतकका आफन्त सुर्यबहादुर बस्नेतले बताए । उनको शव हेलिकप्टरमार्फत पोखरा ल्याई त्यहाँबाट गाडीमार्फत काठमाडौ पठाइएको छ।

शवलाई हाल पोष्ट मार्टमका लागि शिक्षण अस्पताल महाराजगञ्जमा राखिएको बताइएको छ । फुल सिजनल माउन्टेन ट्रेक्स प्रा.लि.बाट पदयात्रामा निस्किएका गाईड कार्की बेसक्याम्पको खरपासमा खसेर बेपत्ता भएका थिए ।

Logo