आइतबार बिहान पोखरामा दुर्घटनामा परेको यती एयरलाइन्सको ‘ब्ल्याक बक्स’ भेटिएको छ। कास्कीका सहायक प्रमुख जिल्ला अधिकारी अनिल शाहीका अनुसार सोमबार बिहान दुर्घटनास्थलमा ब्ल्याक बक्स भेटिएको हो । ७२ जना यात्रु सवार यती एयरलाइन्सको एटिआर–७२ विमान सेती नदीको खोँचमा खसेकाे थियाे । हालसम्म ६८ जनाको शव भेटिएको छ भने बाँकी ४ जना अझै वेपत्ता नै छन्…