काठमाडौँ । नेपालको एकमात्र ‘ढोरपाटन सिकार आरक्ष’मा यस वर्षको दोस्रो याम (चैत–वैशाख) मा १३ नाउर र छ झारलको सिकार गरिएको छ । यस आरक्षमा लिखित अनुमति लिएर तोकिएको समय र क्षेत्रमा नाउर, झारल, रतुवा र बँदेलको सिकार गर्न पाइन्छ । आरक्षमा दुई याममा सिकार खेलाइन्छ । पहिलो याम (असोज–कात्तिक) र दोस्रो याम (चैत–वैशाख) हुने गर्छ…