राष्ट्रपति विद्यादेवी भण्डारीले तमु ल्होसार पर्वबाट आपसी सद्भाव, सहिष्णुता र बन्धुत्वको भावना अभिवृद्धि भई राष्ट्रिय एकतालाई थप सुदृढ गर्न मद्दत पुग्ने विश्वास व्यक्त गरेकी छन् । गुरुङ समुदायको चाड तमु ल्होसारका अवसरमा शुभकामना सन्देश दिनुहुँदै उनले भनिन्, “बहुजातीय, बहुभाषिक, बहुसांस्कृतिक नेपाली समाजमा तमु ल्होसारजस्ता पर्वबाट आपसी सद्भाव, सहिष्णुता र बन्धुत्वको भावना अभिवृद्धि भई यसबाट राष्ट्रिय…