सामान्य इँटाभटाको इटा पोल्ने स्ट्रक्चर पनि अहिलेसम्म विशेष गरेर भारतको विहारबाट आएका छन् । तर पोखराको पोल्याङमा नेपाली स्वयंले विशेष प्रकारको इँटा पोल्ने प्रविधि होफम्यान क्लिन बनाएका छन् । झण्डै ४० वर्ष अगाडि भक्तपुरको चाइनिज इँटा तथा टायल कारखाना र ललितपुरको हरिसिद्धि चाइनिज इँटा तथा टायल कारखानामा जस्तै इँटा पाल्ने प्रविधिको निर्माण नेपालीहरू स्वयंबाट सफल भएको हो ।…