विश्व सम्पदा सूचीमा सूचीकृत बौद्धनाथ क्षेत्र आउने पर्यटकलाई बिनाटिकट प्रवेश गराउने पथप्रदर्शक र होटल व्यवसायीलाई कारबाहीको दायरामा ल्याइने भएको छ। पथप्रदर्शक र होटल व्यवसायीको मिलेमतोमा बिनाटिकट पर्यटक छिराएको तथ्य फेला परेपछि बौद्धनाथ क्षेत्र विकास समितिले कारबाहीको दायरामा ल्याउन लागेको हो। कारबाहीका लागि पहिलो चरणमा चुच्चेपाटीबाट जोरपाटी क्षेत्रमा रहेका होटलको सूची तयार पार्न थालिएको समितिका कार्यकारी…