कञ्चनपुरको दोधारा चाँदनी नगरपालिका–८ का ३० वर्षीय नरेश खड्का पाँच वर्षअघि विदेश जान काठमाडौँ लागे। रुस जानका लागि राहदानी बनाएर काठमाडौँ पुगेका उनले तीन महिना भाषासमेत सिके । विदेश जान रु १० लाख लाग्ने भएपछि उनको परिवारले खर्चको जोहो गर्न सकेन । त्यसपछि उनि गाउँ फर्किए । हाल उनि निरन्तर कृषि कर्ममा लागिरहेका छन् ।…