पछिल्लो २४ घण्टामा मुलुकमा थप २३० जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ३ हजार ८३६ जनाको परीक्षणमा २३० जनामा संक्रमण पुष्टि भएको हो । जसमा पीसीआर परीक्षणबाट १२८ जना र एन्टिजेन परीक्षणबाट १०२ जनामा संक्रमण देखिएको छ ।
पछिल्लो २४ घण्टामा ७८ जना संक्रमणमुक्त भएका छन् भने कसैले ज्यान गुमाएको खबर छैन । यसअवधिमा एक लाख ६५ हजार २०६ जनाले कोरोनाविरुद्धको खोप पनि लगाएका छन् ।
साथै कोरोना सक्रिय संक्रमितको संख्या २ हजार ५०५ पुगेको छ ।































प्रतिक्रिया