जिरीमा बेपत्ता पुरुष मृत फेला

जिरीमा बेपत्ता पुरुष मृत फेला

केन्द्रबिन्दु
0
Shares

दोलखाको जिरी नगरपालिकास्थित एक सातादेखि बेपत्ता रहेका पुरुषको शव फेला परेको छ । जिरी नगरपालिका–९ खर्क खोलामा उनको शव फेला परेको प्रहरीको भनाइ छ ।

एक सातादेखि बेपत्ता जिरी नगरपालिका–९ होसिङगाका ४१ वर्षीय राजन खत्रीको शव खोला किनारमा फेला परेको प्रहरीको भनाइ छ ।

भदौ १६ गतेबाट बेपत्ता भएका उनको शव खोला किनारमा बुधबार अपराह्न बस्तुभाउ चराइरहेका स्थानीयले देखेपछि प्रहरीलाई खबर गरेका थिए । 

Skip This
Skip This
Logo