बाराको जितपुरसिमरा उपमहानगरपालिका–२१ बाट करिव ७० केजी अवैध लागूऔषध गाँजासहित दुई जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा मकवानपुर मनहरी गाउँपालिका–७ बिजौना बस्ने ३५ वर्षीय सुन बहादुर थिंग र सोही गाउँपालिका–१ चकरी बस्ने २० वर्षीय सुभाष लामा रहेका छन् । उनीहरुलाई आइतबार बिहान प्रहरीले पक्राउ गरेको हो । हेटौंडाबाट पथलैयातर्फ जाँदै गरेको प्रदेश ३–०१–००३…