घरेलु कामदारको रुपमा वैदेशिक रोजगारीमा जानेमध्ये अधिकांश नेपाली महिला अवैधानिक बाटोबाट गएको श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले जनाएको छ । वैदेशिक रोजगारीमा जाने घरेलु महिला कामदारको विषयमा सरोकारवालाहरुसँग छलफल तथा अन्तरक्रिया कार्यक्रममा मन्त्रालयका सहसचिव राजिव पोखरेलले यसबारे जानकारी दिनुभएको हो । ८० देखि ९० प्रतिशत घरेलु महिला कामदार अवैधानिक बाटोबाट गएको उनले बताए । …