दैलेखको डुङ्गेश्वर गाउँपालिका–२ स्थित कुइया देउली खानेपानी तथा सरसफाई योजनाअन्तर्गत ११६ वटा धारा निर्माण भएका छन् । हेल्भेटास नेपाल, डुङ्गेश्वर गाउँपालिका र सामाजिक सेवा केन्द्र (सोसेक) नेपालको आर्थिक तथा प्राविधिक सहयोगमा धारा निर्माण भएका हुन्। धारा निर्माणको लागत ८२ लाख ६ हजार रुपैयाँ हो। सुख्खाग्रस्त क्षेत्र यहाँका मानिसहरू नजिकै पानीको मूल नहुँदा पुस्तौंदेखि खानेपानीको समस्या…