काठमाडौं । ‘जेनजी’ प्रदर्शनपछि रगत अभावको अवस्थालाई मध्यनजर गर्दै नेपाल पत्रकार महासङ्घ काठमाडौँ शाखाले रक्तदान कार्यक्रम सम्पन्न गरेको छ । आज भृकुटीमण्डपमा आयोजित कार्यक्रममा ५५ जनाले स्वेच्छिक रूपमा रक्तदान गरेका छन् । त्यस क्रममा पत्रकारदेखि राजनीतिकर्मीले पनि सहभागिता जनाएका थिए । नेतृ डा वृन्दा पाण्डेले ३८औँ पटक रक्तदान गरिन्। उनले ५०औँ पटकसम्म निरन्तर रक्तदान गर्ने…