बाँकेको खजुरा बजारको मनकामना चोक (हालकाे पृथ्वी चोक)मा अज्ञात समूहले राखेको प्रेसर कुकर बम नेपाली सेनाले निष्कृय पारेकाे छ। चोकमा रहेको राष्ट्रिय झण्डा मुनि राखिएको प्रेसर कुकर बममा ‘नो एमसीसी’ लेखिएको थियो। सो स्थानमा बम राखिएको बिहान ७ बजे सूचना पाएकाे जिल्ला प्रहरी कार्यालय बाँकेका प्रवक्तासमेत रहेका प्रहरी नायब उपरीक्षक मधुसूधन न्यौपाने जानकारी दिए। चोकमा…