नेपाली सेनाले टुँडिखेलस्थित सैनिक मञ्चमा विशेष कार्यक्रमको आयोजना गरि ‘महाशिवरात्री तथा सेना दिवस’ मनाएको छ। कार्यक्रममा राष्ट्रपति विद्यादेवी भण्डारी प्रमखि अतिथि रहेकी थिइन्। सेना दिवसको अवसरमा राष्ट्रपति भण्डारीले सैनिक मञ्चमा रहेको वीर स्मारकमा माल्यार्पण गरि शहीदहरुप्रति श्रद्धान्जली अर्पण गरेकी थिइन्। नेपाली सेनाको सम्मान गारतले राष्ट्रपतिलाई सलामी अर्पण गरेको थियो। सेना दिवसको अवसरमा आयोजित कार्यक्रममा हेलिकप्टरद्वारा…